Kathmandu Press

अहिलेसम्म २९२५ जनाको उम्मेदवारी, मुस्ताङमा ४ जाना मात्रै

अहिलेसम्म २९२५ जनाको उम्मेदवारी, मुस्ताङमा ४ जाना मात्रै

काठमाडौं, माघ ६ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका बेलुकी ६ बजेसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ।

मंगलबार बेलुकी निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव कृष्णबहादुर राउतले ३३६ महिला र दुई हजार ५८९ पुरुषले उम्मेदवारी दर्ता गराएको आयोगको प्रणालीमा आएको जानकारी गराए। अझै कतिपय निर्वाचन क्षेत्रमा रुजुको काम भइरहेकाले यसमा केही बढ्न सक्ने उनले बताए।

कम दर्ता भएको मुस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ। 

यस्तै सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५र३५ उम्मेदवारी दर्ता भएको छ। रुपन्देही निर्वाचन क्षेत्र नं २ को रुजु भइसकेको छ भने ३ नं क्षेत्रको बाँकी छ।

सामान्यतया शान्तिपूर्ण रुपमै उम्मेदवारी दर्ताका काम भएको निर्वाचन अधिकृतको कार्यालयहरुबाट जानकारी आएको जनाइएको छ।

आज बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो। बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने छ।

प्रकाशित मिति: १९:१६ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्