Kathmandu Press

बाजुरामा एक स्वतन्त्र सहित ७ दलले गरे उम्मेदवारी मनोनयन दर्ता

एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी,  राष्ट्रिय प्रजातान्त्रिक पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी,  नेपाली कम्युनिष्ट पार्टी, नेकपा कम्युनिष्ट पार्टी (माओवादी) र स्वतन्त्र गरी ८ दलले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।
बाजुरामा एक स्वतन्त्र सहित ७ दलले गरे उम्मेदवारी मनोनयन दर्ता

बाजुरा, माघ ६ : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि बाजुरामा एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। मुख्य निर्वाचन कार्यालका अनुसार, बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म एक स्वतन्त्र सहित ७ दलले उम्मेदवारी दर्ता गराएको जनाएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेस,नेकपा एमाले,नेपाली कम्युनिष्ट पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी,  राष्ट्रिय प्रजातान्त्रिक पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी,  नेपाली कम्युनिष्ट पार्टी, नेकपा कम्युनिष्ट पार्टी (माओवादी) र स्वतन्त्र गरी ८ दलले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।

Hardik ivf

आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनेमा स्वतन्त्र उपेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर थापाले मनोनय दर्ता गराएका छन्।

त्यस्तै प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दिपक कुमार डि।सी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर थापा, नेपाली काँग्रेसबाट जनक गिरी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट भुपेन्द्र ल्वारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।

बाजुरामा उत्साहपुर्वक उम्मेदारीको मनोनयन पत्र दर्ता भएको हो। एक–आपसमा नेताहरुले फूलमाला सहित बधाई तथा शुभकामना दिएका थिए । चुनावी अभियानलाई सहज वातावरणमा सञ्चालन गर्न समेत आग्रह गरिएको छ।

विगतका जस्ता घटना घट्न नदिन यो बर्ष सबैले सहज रुपमा भयरहित वातावरणमा चुनावी प्रचार–प्रचार र निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालयले आग्रह गरेको छ।

९ वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढी मतदाता छन् । ४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्। जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्