Kathmandu Press

निर्वाचनमा ५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन् : एमाले

एमालेले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ।
निर्वाचनमा ५४ प्रतिशत नयाँ अनुहार उम्मेदवार छन् : एमाले

काठमाडौं, माघ ६ : नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएको जानकारी गराएको हो।

Hardik ivf

यसपाली एमालेले अगाडि सारेको सिंगो उम्मेदवार संख्या मध्ये ५४।५४ प्रतिशत नयाँ अनुहार रहेका छन्  मधेस र सुदूरपश्चिममा ५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ छन्।

सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२।३० प्रतिशत छन्। बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको छ।

एमालेले यस निर्वाचनलाई हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा लिनुका साथै संविधान र लोकतन्त्रको पक्षमा प्रतिगमनविरूद्धको जनमत संग्रहका रूपमा लिएको हुँदा आजको दिनलाई विशेष दिनका रूपमा लिएको छ।

एमालेले यस निर्वाचनलाई सामान्य आवधिक निर्वाचनको रूपमा मात्रै नहेर्न आम मतदातासँग अपिल र अनुरोध गरेको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुनी शासन, मानवअधिकारको संरक्षण र प्रवद्र्धन, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेको नेतृत्वमा तय भएका राष्ट्रिय लक्ष्य र आंकाक्षा हासिल गर्न प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेका उम्मेदवारहरूलाई आफ्नो अमूल्य मतदान गरी विजयी गराउन अपिल पनि गरेको छ।

प्रकाशित मिति: १८:५३ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्