रविको मुद्दा संशोधनविरूद्धको रिटमा कारण देखाऊ आदेश
सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको हो।
काठमाडौं, माघ ६ : रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले महान्यायाधीवक्ता कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको हो।
सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग संशोधन प्रकरणमा महान्यायाधिवक्ता सविता भण्डारी बराललाई १५ दिनभित्र जवाफ पठाउन आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुलअजिल मुसलमानको एकल इजलासले महान्यायाधिवक्ताबाट गत पुस ३० मा मुद्दा संशोधनका लागि भएको निर्णयसहित छलफलमा उपस्थित हुन आदेशमा भनेको छ।
सर्वोच्चले तत्कालका लागि निर्णय रोक्न मागबमोजिम अन्तरिम आदेश भने दिन अस्वीकार गरेको छ ।
रिट निवेदक र विपक्षीबीचको छलफलपछि मात्र निर्णय रोक्न अन्तरिम आदेश हुने वा नहुने विषयको टुंगो लाग्नेछ।
प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










