Kathmandu Press

विजय गच्छदार सुनसरी ३ बाट आठौं पटक बने उम्मेदवार

दुहबी नगरपालिकाका प्रमुखसमेत रहेका वेद गच्छदार पछि हटेपछि अन्तिम समयमा विजयले उम्मेदवारी दर्ता गराए। उनी आठौं पटक चुनावी मैदानमा होमिएका हुन्।
विजय गच्छदार सुनसरी ३ बाट आठौं पटक बने उम्मेदवार

काठमाडौं, माघ ६ : नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गरेका छन्।

पार्टी सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट बोकेर विजय र उनका भाइ वेद गच्छदार निर्वाचन अधिकृतको कार्यालय पुगेपछि दिनभर अन्योल भएको थियो। 

Hardik ivf

दिनभरको छलफलपछि दुहबी नगरपालिकाका प्रमुखसमेत रहेका वेद गच्छदार पछि हटेपछि अन्तिम समयमा विजयले उम्मेदवारी दर्ता गराए। उनी आठौं पटक चुनावी मैदानमा होमिएका हुन्।

२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका गच्छदार १८ पटक मन्त्री भइसकेका छन्।

अघिल्लो निर्वाचनमा उनी एमालेका उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। 

यो पटक पनि सुनसरी ३मा यी दुवै मुख्य प्रतिस्पर्धी हुन्। उनीहरुलाई रास्वपाका अशोककुमार चौधरीले चुनौती दिने छन्। 

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्