Kathmandu Press

धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता

धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता

जनकपुर, माघ ६ : धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसका तर्फबाट विमलेन्द्र निधि रहेका छन्।

यस्तै नेकपा एमालेबाट जुली महासेठले उम्मेदवारी दर्ता गराएकी छन्।

राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डलले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्