१ करोड धरौटी बुझाएर छुटे रवि लामिछने
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो।
पर्सा, माघ ६ : सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने प्रभु बैंकको बैक ग्यारेन्टी बुझाएर रिहा भएका छन्।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो।
पर्सा हाजिर भएका लामिछाने मंगलबार नै अदालत उपस्थित भएपछि बयान र थुनछेक भएको थियो।
न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको थियो। लगत्तै रकम बुझाएर उनी रिहा भएका हुन्।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित जेठ ३० गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अभियोगपत्र जिल्ला अदालतमा दर्ता गरेको थियो।
प्रकाशित मिति: १७:३५ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










