वारेसमार्फत रविले दर्ता गराए उम्मेदवारी
चितवन क्षेत्र नं. २ मा रविकाे उम्मेदवारी रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस मार्फत दर्ता गराइन्।
काठमाडौं, माघ ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गएका छन्।
चितवन क्षेत्र नं. २ मा रविकाे उम्मेदवारी रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस मार्फत दर्ता गराइन्।
सहकारी ठगी मुद्दामा पर्सा जिल्ला अदालतमा तारेखमा जानु परेपछि रविले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। आजै पर्सा जिल्ला अदालतले रविसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ।
रविले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका हुन्।
प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










