Kathmandu Press

हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो। 
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं

काठमाडौं, माघ ६ : नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।

सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो। 

अदालतको आदेशलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई छाडेको हो।

निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए।

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्