कांग्रेस विवादमा सर्वोच्चमा बहस सकियो, आदेश केहीबेरमा आउने
न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा रिटमाथिको बहस केहीबेरअघि सकिएको हो। शेरबहादुर देउवासमेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो।
काठमाडौं, माघ ६ : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।
न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा रिटमाथिको बहस केहीबेरअघि सकिएको हो। शेरबहादुर देउवासमेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो।
रिटमा खम्मबहादुर खाती, रमेश बडाल, शेरबहादुर केसी, एगराज पोखरेल र पंकज कर्ण लगायतले बहस गरेका थिए।
देउवा पक्षको एकतर्फी बहस भएकाले के आदेश हुनेमा चासो रहेको छ।
केही बेरमा आदेश आउने बताइएको छ।
प्रकाशित मिति: १५:५० बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)