दाङ २मा एमाले महासचिव पोखरेलले दर्ता गराए उम्मेदवारी
घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर २ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्। उनको प्रस्तावकमा एमाले नेताहरू शम्भु गौतम र समर्थक लक्ष्मण आचार्य छन्।
दाङ, माघ ६ : एमाले महासचिव मुख्यमन्त्री शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्।
घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नम्बर २ बाट उनले उम्मेदवारी दर्ता गरेका हुन्। उनको प्रस्तावकमा एमाले नेताहरू शम्भु गौतम र समर्थक लक्ष्मण आचार्य छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी पुनः क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न लागेका हुन्। उनी २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजित भएका थिए।
यस क्षेत्रमा कांग्रेसबाट किरणकिशोर घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्यले उम्मेदवारी दर्ता गर्दै छन्।
प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार