दिउँसो २ बजेसम्म ८ सय ६१ जनाले दर्ता गराए मनोनयन
देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन सकिने निर्वाचन आयोगले जनाएको छ।
काठमाडौं, माघ ६ : फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशैभर मनोनयन दार्ता भइरहेको छ।
सोही क्रममा दिउँसो २ बजेसम्म १६५ निर्वाचन क्षेत्रमा ८ सय ६१ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुन सकिने निर्वाचन आयोगले जनाएको छ।
आयोगले सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकेको छ। उम्मेदवारी मनोनयनपूर्व आयोगले सोमबारबाट निर्वाचन आचारसंहिता पनि लागू गरिसकेको छ।
देशभर १ करोड ८९ लाख ३ हजार ५६ सय ८९ मतदाता छन्। १ सय ६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ ।
प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










