गगनले छाडे काठमाडौं ४, सचिनले पाए टिकट
गगन छाडेको क्षेत्रमा कांग्रेसले उनी निकट रहेका सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ।
काठमाडौं, माघ ६ : नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं ४ छाडेका छन्। गगनले यही क्षेत्रबाट लागतार निर्वाचन जित्दै आएका थिए।
तर, यो पटक भने उनले यो निर्वाचन क्षेत्र छाडेका हुन्। गगन छाडेको क्षेत्रमा कांग्रेसले उनी निकट रहेका सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ।
कांग्रेसको संसदीय बोर्डको बैठकले तिमल्सिनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
गगन भने यो पटक सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्। यही क्षेत्रबाट कांग्रेसका पूर्वनेता अमरेशकुमार सिंहले रास्वपाबाट उम्मेदवारी दिने छन्। अघिल्लो पटक कांग्रेसले टिकट नदिएपछि अमेशरले स्वतन्त्र रुपमै निर्वाचन जितेका थिए।
प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










