Kathmandu Press

एमाले अध्यक्ष ओलीले गराए उम्मेदवारी दर्ता

मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन्।
एमाले अध्यक्ष ओलीले गराए उम्मेदवारी दर्ता

काठमाडौं, माघ ६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन्।

यस क्षेत्रमा ओलीले जित्दै आएका छन्। यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले समेत उम्मेदवारी दर्ता गराएका छन्। साह पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्