Kathmandu Press

भक्तपुर २ मा रास्वपाका  राजीव खत्री र नेकपाका दीपशिखाले दर्ता गराए उम्मेदवारी 

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन्। खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन्।
भक्तपुर २ मा रास्वपाका  राजीव खत्री र नेकपाका दीपशिखाले दर्ता गराए उम्मेदवारी 

काठमाडौं, माघ ६ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार राजिव खत्रीले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन्। खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन्।

Hardik ivf

यस्तै, सोही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पनि उमेदवारी दर्ता गराएका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन्। सापकोटा पहिलोपटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन्।

यो क्षेत्रबाट एमालेबाट महेश बस्नेतले उम्मेदवारी दर्ता गराइसकेका छन् भने नेपाली कांग्रेसका कबिर राणाले पनि उम्मेदवारी दिने छन। 

प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्