झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता
मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन्।
झापा, माघ ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन्।
अध्यक्ष लिङ्देनले आज उम्मेदवारी दर्ता गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
यस क्षेत्रबाट नेपाली कांग्रेसका राजेन्द्र घिमिरे उम्मेदवारी दर्ता गराउँदै छन्।
प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार