रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट सुनुवाई सुरु
महान्यायाधिवक्ता सविता भण्डारीको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल र आयुष भण्डारीले सर्वोच्चमा रिट दिएका थिए।
काठमाडौं, माघ ६ : रास्वपा सभापति रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ।
न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासमा मुद्दाको सुनुवाई भइरहेको छ।
महान्यायाधिवक्ता सविता भण्डारीको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल र आयुष भण्डारीले सर्वोच्चमा रिट दिएका थिए।
महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते काठमाडौं, कास्की, रूपन्देही र पर्सा जिल्ला अदालतमा दायर भएका ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को अभियोग दाबी कायम नरहने गरी संशोधनको निर्णय गरेकी थिइन्।
महान्यायाधिवक्ता भण्डारीले फौजदारी कार्यविधि संहिताको दफा ३६ मा टेकेर अभियोग संशोधनको आधार बनाए पनि प्रकारान्तरमा मुद्दा फिर्ताकै कारबाही रहेको दाबी रिट निवेदकको छ।
उक्त रिटमा सम्भवतः आजै एउटा निर्णय हुने छ ।