Kathmandu Press

पश्चिम नवलपरासी-१ मा नेपाली कांग्रेसबाट चौधरी 

उद्योगपति चौधरी २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा टिकटको आकांक्षी रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेसका महामन्त्री बिक्रम खनाल केही समयअघि रास्वपा प्रवेश गरेका थिए ।
पश्चिम नवलपरासी-१ मा नेपाली कांग्रेसबाट चौधरी 
Hardik ivf

काठमाडौँ, माघ ६ : पश्चिम नवलपरासीमा नेपाली कांग्रेस उम्मेदवार तय गरेको छ ।  क्षेत्र नम्बर १ मा बिनोद चौधरी र क्षेत्र नम्बर २ मा देबेन्द्र राज कंडेलले टिकट पाएका छन् ।

उद्योगपति चौधरी २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा टिकटको आकांक्षी रहेका नेपाली कांग्रेस लुम्बिनी प्रदेसका महामन्त्री बिक्रम खनाल केही समयअघि रास्वपा प्रवेश गरेका थिए । उनले रास्वपाबाट टिकट पाएका छन् । 

नेकपा एमाले ,नेपाली कम्युनिस्ट पार्टी, राप्रपा लगायतका दलले पनि उम्मेदवार टुङ्याइसकेका छ्न् । क्षेत्र नम्बर २ मा कांग्रेसको उम्मेदवार रहेका कंडेल गत निर्वाचनमा राप्रपाका ध्रुब बहादुर प्रधानसँग पराजित भएका थिए ।

प्रकाशित मिति: ०८:३४ बजे, मंगलबार, माघ ६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्