कांग्रेसबाट स्याङ्जा १ मा भरत ढकाल, २ मा प्रकाश मल्ल भिड्दैं
दुई निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसले क्षेत्र नं–१ मा आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा चापाकोट न.पा–५ का भगवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको हो ।
काठमाडौं, माघ ६ : आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसले क्षेत्र नं–१ मा आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं–२ मा चापाकोट न.पा–५ का भगवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको हो ।
ढकाल मुक्तिनाथ विकास बैँकको पूर्व सिइओ तथा अध्यक्ष हुन् । उक्त बैंक अहिले स्याङ्जाली जनतामाझ मात्र लोकप्रिय नभई देशभरका जनतामाझ लोकप्रिय रहेको छ । ढकाल पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
यस क्षेत्रमा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार राजु थापाले बिजयी हाँसिल गरेका थिए । थापाले नयाँलाई अवसर दिने भन्दै चुनाव नलड्ने घोषणा गरेपछि ढकालले टिकट पाएका हुन् ।
यस्तै, मल्ल यसअघि २०७४ मा प्रदेश सभामा क्षेत्र नं–२ (ख) बाट निर्वाचित भएका थिए । क्षेत्र नं २ मा मल्लको प्रभाव राम्रो देखिन्छ । यसअघि सम्पन्न निर्वाचन यस क्षेत्रमा नेपाली कांग्रेसमा पूर्व उपसभापति धनराज गुरुङ बिजयी भएका थिए ।