Kathmandu Press

कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं, माघ ५ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन्।

केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन्।

चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए। त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारीमा छन्।

यो क्षेत्रबाट रास्वपाले काठमडौं महानरीय प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: २१:२५ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्