Kathmandu Press

रौतहट–१ मा माधव नेपाल र गुप्ताबीच प्रतिस्पर्धा हुने

रौतहट–१ मा माधव नेपाल र गुप्ताबीच प्रतिस्पर्धा हुने

रौतहट, माघ ५ : आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ। 

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।

Hardik ivf

नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो।

सो निर्वाचनमा माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए । नेपालले ६ हजार ६ सय मतान्तरले चुनाव जितेका थिए।

पूर्वप्रधानमन्त्री नेपालले २०५६ र २०७० को निर्वाचनमा रौतहटबाट विजयी भएका थिए। २०७४ मा काठमाडौं क्षेत्र नम्बर २ मा र २०७९ मा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पूर्वप्रधानमन्त्री नेपाल पराजित भएका थिए। रौतहट नेपालको गृह जिल्ला हो।

आफ्नो गढ जोगाउने दाउमा रहेका नेपाल र अघिल्लो हारको बदला लिने तयारीमा रहेका गुप्ताबीचको यो भिडन्तलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा दुवै पक्षले आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन्।

प्रकाशित मिति: २१:२१ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्