Kathmandu Press

सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट ललितपुर–२मा उम्मेदवार बन्ने

फागुन २१मा हुने निर्वाचनमा राष्ट्रिय स्वन्तत्र पार्टीबाट ललितपुर २मा उम्मेदवार बन्ने पक्का भएपछि मन्त्री खरेलले पदबाट राजीनामा दिएका हुन्।
सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट ललितपुर–२मा उम्मेदवार बन्ने

काठमाडौं, माघ ५ : सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन्। 

फागुन २१मा हुने निर्वाचनमा राष्ट्रिय स्वन्तत्र पार्टीबाट ललितपुर २मा उम्मेदवार बन्ने पक्का भएपछि मन्त्री खरेलले पदबाट राजीनामा दिएका हुन्।

उनले सोमबा साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामा पत्र बुझाए। 

यसअघि कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ममा रहेका ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिइसकेका छन्। 

प्रकाशित मिति: १८:११ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्