Kathmandu Press

झापामा ओली–बालेन भीडन्त पक्का

रास्वापको चुनावी सभाका लागि जनकपुरमा रहेका बालेनले झापा ५ बाट उम्मेदवारी दिन टिकट लिएपछि यो हेभिवेट भीडन्त पक्का भएको हो। 
झापामा ओली–बालेन भीडन्त पक्का

काठमाडौं, माघ ५ : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वातनमा एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ट नेता बालेन साहबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। 

रास्वापको चुनावी सभाका लागि जनकपुरमा रहेका बालेनले झापा ५ बाट उम्मेदवारी दिन टिकट लिएपछि यो हेभिवेट भीडन्त पक्का भएको हो। 

बालेनले केहीबेरअघि जनकपुरमा सभापति रवि लामिछानेबाट टिकट लिएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार पनि घोषणा गरेको छ।

यता, एमालेले यसअघि नै ओलीलाई झापा–५ बाट उम्मेदवार बनाइसकेको छ। एमालेले पनि ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

यस्तै, यही क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उम्मेदावर बनाएको छ।

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्