Kathmandu Press

जनकपुरमा रविले भने– म जेल गए पनि चिन्ता छैन्, देश बनाउन अब बालेन आएको छ

‘मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाव लिनेछ।’
जनकपुरमा रविले भने– म जेल गए पनि चिन्ता छैन्, देश बनाउन अब बालेन आएको छ

काठमाडौं, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु देश बनाउनका लागि आएको बताएका छन्। 

रास्वपाले जनकपुरधाममा गरेको चुनावीसभालाई सम्बोधन गर्दै रविले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास पैदा भएको बताए। उनले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताए ।

Hardik ivf

‘हामीबीच वार्ता गर्दा ५ मिनेटमै सकिएको थियो। स्वार्थका लागि लड्नेहरूलाई हो घन्टौं समय लाग्छ, हामी देशका लागि आएका हौं, हामी दुवै देशका हितका लागि एकै ठाउँमा आएका हौं,’ रविले भने।

बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै आफूले अब देश बालेनले बनाउँछ भन्ने विश्वास व्यक्त गरेको उनले सुनाए।

अब बालेनले देश बनाउने भन्दै उनले आफू जेल गए पनि चिन्ता नभएको बताए।

‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार भागेको सरकारले मलाई मुद्दैमुद्दा लगाएको छ। म जेल जान पनि सक्छु,’ उनले भने, ‘तर मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाव लिनेछ।’

प्रकाशित मिति: १६:३० बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्