Kathmandu Press

‘काठमाडौंमा अधिकार माग्न होइन, घुम्न जाने हो’

‘जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकार फेर्न काठमाडौं गुहार्नुपर्छ। काठमाडौं घुम्न जाने हो, अधिकार माग्न होइन,’ बालेनले भने, ‘प्रदेशको काम वडाको धारा जोड्ने होइन, पालिका जोड्ने हो। यो व्यवस्था परिवर्तन गर्नुपर्छ, रास्वपाले प्रदेशलाई सबल र समृद्ध बनाउँछ।’
‘काठमाडौंमा अधिकार माग्न होइन, घुम्न जाने हो’

काठमाडौं, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा अधिकार माग्न नभई घुम्न जाने बताएका छन्।

जनकपुरधाममा आयोजित रास्वपाको सभामा मैथिलीमा भाषण गरेका बालेनले प्रदेश सरकारलाई बलियो बनाउने बताउँदै अधिकारका लागि काठमाडौं धाउनु नपर्ने बताए।

Hardik ivf

सभामा बालेनले रास्वपाले प्रदेशलाई अधिकार माग्न काठमाडौं जान नपर्ने गरी सबल बनाउने उल्लेख गरे।

‘जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकार फेर्न काठमाडौं गुहार्नुपर्छ। काठमाडौं घुम्न जाने हो, अधिकार माग्न होइन,’ बालेनले भने, ‘प्रदेशको काम वडाको धारा जोड्ने होइन, पालिका जोड्ने हो। यो व्यवस्था परिवर्तन गर्नुपर्छ, रास्वपाले प्रदेशलाई सबल र समृद्ध बनाउँछ।’

उनले जनकपुरलाई विवाहको गन्तव्यदेखि खेलकुदको केन्द्र बनाउनेसम्म उद्घोष गरे। जनकपुर बोल्ट्सले एनपिएल उपाधि जित्दा सारा मधेस खुसी भएको बताउँदै उनले अब मधेसको विकास यस्तै उल्लास आउने गरी रास्वपाले गर्ने बताए।

आफू प्रधानमन्त्रीको दाबेदार भएका कारणले नभई रास्वपामा राम्रा मानिस रहेका भन्दै उनले घण्टी चुनाव चिह्नमा मतदान गर्न अपिल गरे।

यस्तै उनले आफू मेयरको पदबाट राजीनामा दिएसँगै फुर्सदमा भएकाले भाषण दिन आएको बताए।

प्रकाशित मिति: १६:३९ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्