Kathmandu Press

नेकपाले दिएन बामदेवलाई टिकट

बर्दिया १बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदावर बन्न चाहेका बामदेवको टिकट नेकपाका संयोजक पुष्पकमल दाहालले खोसेका हुन्। 
नेकपाले दिएन बामदेवलाई टिकट

काठमाडौं, माघ ५ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता वामदेव गौतमको टिकट नदिने भएको छ। 

बर्दिया १बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदावर बन्न चाहेका बामदेवको टिकट नेकपाका संयोजक पुष्पकमल दाहालले खोसेका हुन्। 

Hardik ivf

गौतमले बर्दियाको २ मध्ये १ क्षेत्रमा मधेसका नेतालाई उठाउँदा हुने सुझाव दिँदा टिकट गुमेको बताए। यसअघि नेकपाले दुवै क्षेत्रमा पहाडी समुदायबाट उम्मेदवार बनाएको थियो।

बामदेवले बर्दियाभन्दा बाहिरबाट उम्मेदवार नबन्ने बताएका छन्।

नेकपाले बर्दिया १ मा विष्णुप्रसाद थारुलाई र बर्दिया २ मा सुरेश पन्तलाई उमेदवार बनाएको छ।

गौतमले उमेदवार बन्न आइतबार नै राष्ट्रियसभाबाट राजीनामा दिएका थिए

 


 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, माघ ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्