काठामडौं १ मा रञ्जु, भक्तपुर २ मा राजीवलाई उम्मेदवार बनाउँदै रास्वपा
समानुपातिक सूचीबाट नाम फिर्ता लिएकी रञ्जुलाई रास्वपाले काठमाडौं–१ बाट उम्मेदवार बनाउने तयारी पार्टीले गरेको हो।
काठामडौं, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रञ्जु दर्शनालाई काठमाडौं क्षेत्र नं. १बाट उम्मेदवार बनाउने तयारी गरेको छ।
समानुपातिक सूचीबाट नाम फिर्ता लिएकी रञ्जुलाई रास्वपाले काठमाडौं–१ बाट उम्मेदवार बनाउने तयारी पार्टीले गरेको हो।
गत निर्वाचनमा काठमाडौं–१ रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको थियो। रञ्जु त्यहाँबाट उम्मेदवार नबने पुनः पुकार नै उम्मेदवार बन्नेछन्।
यस्तै, केही समयघि मात्रै रास्वपामा प्रवेश गरेका पत्रकार राजीव खत्रीले पनि पार्टीबाट टिकट पाउने भएका छन्। रास्वपाले उनलाई भक्तपुर २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ।
उनले काठमाडौं १०बाट उम्मेदवार बन्न निवेदन दिए पनि पार्टीले उनलाई भक्तपुरबाट उठाउने तयारी गरेको छ। काठमडौं १०बाट रास्वपाले प्रदीप विष्टलाई उम्मेदवार बनाउने टुंगो लगाएको छ।
यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन्। दुई जनाबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको हो।












