रास्वपा प्रवेश गरेपछि अमरेशकुमार सिंहले भने– बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्छु
‘हामी सीता माताका सन्तान हौं। सीमा माता यही धर्तीमा समाहित भएकी थिइन्, बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।’
धनुषा, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा.अमरेशकुमार सिंहले बालेन शाह अबको प्रधानमन्त्री नबने आत्मदाह गर्ने बताएका छन्।
जनकपुरमा रास्वपाले आयोजना गरेको चुनावीमा सभालाई सम्बोधन गर्दै उनले बलेन नै अबको प्रधानमन्त्री बन्ने ठोकुवा गर्दै उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने बताका हुन्।
‘हामी सीता माताका सन्तान हौं। सीमा माता यही धर्तीमा समाहित भएकी थिइन्, बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।’
बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे।
प्रकाशित मिति: १६:०१ बजे, सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार