रास्वपाले आशिका तामाङलाई धादिङ १बाट उम्मेदवार बनायो
यसअघि रास्वपाबाट चुनाव नलड्ने बताएकी उनले काठमाडौं २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।
काठमाडौं, माघ ५ : राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ १ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ। सामाजिक काममा संलग्न हुँदै आएकी तामाङलाई रास्वपाले उम्मेदवार बनाएको हो।
यसअघि रास्वपाबाट चुनाव नलड्ने बताएकी उनले काठमाडौं २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।
रास्वपा नेता गणेश पराजुलीले सोमबार तामाङलाई रास्वपाको केन्द्रीय कार्यालयमा टिकट हस्तान्तरण गरेका छन्।
प्रकाशित मिति: १४:२५ बजे, सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार