टिकट नपाएपछि केआई सिंहका छोराले छाडे एमाले
आसन्न प्रतिनिधिसभा निर्वाचमा एमालेले टिकट नदिने भएपछि अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै उनले एमाले छाडेका हुन्।
काठमाडौं, माघ ५ : पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचमा एमालेले टिकट नदिने भएपछि अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै उनले एमाले छाडेका हुन्।
९ वर्षअघि एमाले प्रवेश गरेका शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन्।
उनी रुपन्देही–३ बाट उम्मेदवारका आकांक्षी दिए। यो क्षेत्रमा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ।
प्रकाशित मिति: १३:२१ बजे, सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)