Kathmandu Press

रास्वपाले गठन गर्‍यो संघीय नेतृत्व मञ्चसहित निर्वाचन परिचालन समिति 

आइतबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्चसहितका समितिहरु गठन गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार बैठकले संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनयन गरेको छ।
रास्वपाले गठन गर्‍यो संघीय नेतृत्व मञ्चसहित निर्वाचन परिचालन समिति 

काठमाडौं,  माघ ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले विभिन्न समितिहरू गठन गरेको छ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्चसहितका समितिहरु गठन गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार बैठकले संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनयन गरेको छ।

Hardik ivf

संघीय नेतृत्व मञ्चमा मनोनयन हुनेमा डा. ताराप्रसाद जोशी, डा. विशाल भण्डारी, सागर ढकाल, रिमा विश्वकर्मा, विशाल गैरे, डा. शंकर ढकाल, सरला लामिछाने, नेत्र कार्की, मिनराज आचार्य, निर्देष सिलवाल, क्षितिज भण्डारी र विजय कडेल रहेको उनले जानकारी दिइन्।

बैठकले संघीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ। उक्त समिति उपसभापति डिपी अर्यालको संयोजकत्वमा रहनेछ। संघीय निर्वाचन परिचालन समितिमा ५१ जना सदस्य रहने व्यवस्था गरिएको छ, जसमा सातै प्रदेशबाट प्रतिनिधित्व रहनेछ।

यस्तै, प्रदेशस्तरीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ। प्रदेश निर्वाचन परिचालन समितिमा २१ जना सदस्य रहनेछन् भने प्रदेश सभापति संयोजक रहने व्यवस्था गरिएको छ।

यसैगरी, जिल्ला निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरिएको छ। जिल्ला निर्वाचन परिचालन समितिमा १५ जना सदस्य रहनेछन्।

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, माघ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्