सुनिता डंगोल बनिन् काठमाडौं महानगरको कार्यवाहक प्रमुख
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था छ। सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन्।
काठामडौं, माघ ४ : उपमेयर सुनिता डंगोल काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख बनेकी छिन्।
महानगरका प्रमुख बालेन साहले आज पदबाट राजीनामा दिएपछि डंगोलले कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था छ। सोही ऐनबमोजिम सुनिता कार्यवाहक बनेकी हुन्।
राजीनामा दिएलगत्तै उनी रास्वपाको पार्टी कार्यालयमा पुगेका थिए।
प्रकाशित मिति: १६:२८ बजे, आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












