Kathmandu Press

प्रधानमन्त्री र मन्त्रीहरूबीच निर्वाचनबारे छलफल हुँदै

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूलाई अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाठार बोलाएकी हुन्। 
प्रधानमन्त्री र मन्त्रीहरूबीच निर्वाचनबारे छलफल हुँदै

काठमाडौं, माघ ४ : प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन बारे छलफल गर्न मन्त्रीहरुलाई बोलाएकी छिन्। 

प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूलाई अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाठार बोलाएकी हुन्। 

नेपाली कांग्रेसमा देखिएको विवादका कारण निर्वाचन आयोगले मनोनयन दर्ताको समय सार्ने तयारी गरिरहेका बेला प्रधानमन्त्रीले बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले छलफल हुन लागेको बताइएको छ। 

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, माघ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्