Kathmandu Press

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्चमा, पेशी माघ ६ गते

रिट दर्ता लगत्तै सर्वोच्च प्रशासनले पेशी पनि तोकेको छ। सर्वोच्च यो रिटमा माघ ६ गतेका लागि पेशी तोकेको छ।
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्चमा, पेशी माघ ६ गते

काठमाडौं, माघ ४ : निर्वाचन आयोगको नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्णयविरुद्ध सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा रिट दर्ता गरेको छ।

केहीबेरअघि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरु सर्वोच्च पुगेर रिट दर्ता गराएका हुन्।

रिट दर्ता लगत्तै सर्वोच्च प्रशासनले पेशी पनि तोकेको छ। सर्वोच्च यो रिटमा माघ ६ गतेका लागि पेशी तोकेको छ।

रिटको पेसी आजै तोक्नका लागि आग्रह गरे‍को भएपनि सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको भन्दै सर्र्वाेच्च ६ गतेका लागि पेशी तोकेको हो। 

प्रकाशित मिति: १२:३८ बजे, आइतबार, माघ ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्