शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको बैठक
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए।
काठमाडौं, माघ ४ : राष्ट्रिय सभा १९औं अधिवेशनको पहिलो बैठकबाट हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव सर्वसहमतले पारित गरेको छ।
आइतबार बसेको पहिलो बैठकले उक्त शोक प्रस्ताव पारित गरेको हो। बैठकमा बोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पनि पढेर सुनाएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजको दिन ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए।
राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य गत भदौ ३१ गते भएको थियो।
साथै अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार १ः१५ मिनेटमा बस्ने तय भएको छ ।
प्रकाशित मिति: १२:२९ बजे, आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)