Kathmandu Press

रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन

‘सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा काम गरिरहँदा यो सरकार निर्वाचन सफल गराउने भन्दापनि दुख गरेर सहकारीमा जम्मा गरिएका सहकारी ठग फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता सेटिङको कामहरु गरिराखेको छ,’ उनले भने।
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन

काठमाडौं, माघ ३ : नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेमाथिका मुद्दा कमजोर बनाउन गरिएको प्रयास र भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोधमा प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शनमा संघका उपाध्यक्ष महमराज गुरुङले सरकार निर्वाचन सफल गराउने भन्दापनि विभिन्न सेटिङको काममा व्यस्त रहेको भन्दै आपत्ति जनाएका छन्।

‘सुशीला कार्कीले प्रधानमन्त्रीको रुपमा काम गरिरहँदा यो सरकार निर्वाचन सफल गराउने भन्दापनि दुख गरेर सहकारीमा जम्मा गरिएका सहकारी ठग फौजदारी अभियोग लागेका रवि लामिछानेको मुद्दा फिर्ता लिने जस्ता सेटिङको कामहरु गरिराखेको छ,’ उनले भने।

photo-4_371f8a32-1768664684.jpg
 
उनले काठमाडौं महानगरप्रमुख बालेन शाहप्रति आलोचना गर्दै भने, ‘बालेन शाह भन्ने झुक्किएर भएको मेयरले झापाबाट केपी ओलीसँग चुनाव लड्छ रे निराश भएर फर्किन पर्ने छ ।’
प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्ले कार्डहरुको प्रदर्शनसहित सरकार र रवि लामिछानेविरुद्ध नाराबाजी गरेका थिए।

प्रकाशित मिति: २१:३० बजे, शनिबार, माघ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्