‘शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा छ’
‘हामीसँग थोरै समय छ, म पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अविभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला। हामी सबै एक ठाउँमा आउनुपर्छ,’ उनले भने।
काठमाडौं, माघ ३ : नेपाली कांग्रेस विशेष महाधिवेशन समूहका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवाले अविभावकको भूमिका निार्वाह गरेर सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुपर्ने धारणा राखे।
‘हामीसँग थोरै समय छ, म पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अविभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला। हामी सबै एक ठाउँमा आउनुपर्छ,’ उनले भने।
त्यस्तै उनले एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सकिने विश्वास दिलाए।
‘एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सक्नुहुनेछ । पार्टीलाई एक ढिक्का बनाए अगाडि बढ्ने छौं’ उनले भने।
सोही समूहका उपसभापति विश्वप्रकाश शर्माले पनि देउवा पक्षले निर्वाचन आयोगले गरेको निर्णय आत्मसात गर्ने विश्वास व्यक्त गरे । उनले नवीन कांग्रेससँगै नवीन समाज निर्माणको बाटोमा अघि बढ्ने बताए।











![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)