Kathmandu Press

‘विशेष महाधिवेशन कुनै विवादको विषय थिएन’

‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं,’ विज्ञप्तिमा भनिएको छ।
‘विशेष महाधिवेशन कुनै विवादको विषय थिएन’

काठमाडौं, माघ ३ : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन्।

सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन्।

Hardik ivf

‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक नेताको चाहनाले नभई आम सदस्यको चाहनाले चल्ने पार्टी भएको दाबी गरिएको छ। विशेष महाधिवेशनमार्फत पार्टी आफ्ना मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको र सुधार ९रिफर्म० को यात्रा सुरु भइसकेको जनाइएको छ।

‘पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ विज्ञप्तिमा उल्लेख छ।

पार्टीभित्र गुट अन्त्य भइसकेको उल्लेख गर्दै अब गुटगत भागबण्डा नहुने पनि विज्ञप्ति मार्फत भनिएको छ। सबै तहका नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध रहन आग्रह गरिएको छ।

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, माघ ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्