रवि जोडिएका मुद्दाका सबैको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुने
महान्यायाधिवक्ता भण्डारीले रविको मुद्दामा जोडिएका सबैको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा मात्र फिर्ता लिन स्वीकृति दिएकी हुन्।
काठमाडौं, माघ २ : महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडियासँग जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन्।
महान्यायाधिवक्ता भण्डारीले रविको मुद्दामा जोडिएका सबैको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा मात्र फिर्ता लिन स्वीकृति दिएकी हुन्। रविको मात्र मुद्दा फिर्ता लिँदा विवाद भएपछि उल्टै सबै प्रतिवादीको हकमा निर्णय गरेकी हुन्।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएका छन्।
यसअघि लिएको निर्णयमा त्रुटि भएको भन्दै उनले सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएको बताएकी छिन्।
महान्यायाधिवक्ताको यो निर्णयपछि सहकारी ठगीबाहेक दुबै मुद्दामा लामिछानेलगायतका सबै प्रतिबादीविरुद्ध अदालतमा चलेका मुद्दा संशोधनमार्फत फिर्ता लिने प्रक्रिया अघि बढ्ने छ।












