Kathmandu Press

बालेनलाई प्रेरणाका स्रोत मान्दै बाँकी जीवन सत्कर्ममा बिताउँछु : राजु पाण्डे

‘अब स्वयंम आफूले आफैंलाई कमाण्ड गर्ने हो। सत्कर्मतिर कमान्ड गर्ने हो। सत्कर्मतिर आफूले आफूलाई कमान्ड गर्न म लाग्छु, अध्ययन गर्छु र समाजलाई कुनै किसिमको भूमिका आवश्यक ठानेको अवस्थामा त्यतातिर लाग्छु। जनतालाई निराश बनाउने कुनै काम गर्दिन,’ उनले भने।
बालेनलाई प्रेरणाका स्रोत मान्दै बाँकी जीवन सत्कर्ममा बिताउँछु : राजु पाण्डे

काठमाडौं, माघ २ : काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। शुक्रबार राजीनामा दिएसँगै महानगर प्रहरी प्रमुख पाण्डेलाई महानगरमा कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो।

बिदाई कार्यक्रममा बोल्दै उनले अब बाँकी जीवन आफूले आफैंलाई कमान्ड गर्ने सत्कर्ममा विताउने बताए। राजनीतिमा प्रवेशबारे संकेत गर्दै उनले समाजले आवश्यक ठानेको भूमिकामा लाग्ने धारणा राखे।

Hardik ivf

‘अब स्वयंम आफूले आफैंलाई कमाण्ड गर्ने हो। सत्कर्मतिर कमान्ड गर्ने हो। सत्कर्मतिर आफूले आफूलाई कमान्ड गर्न म लाग्छु, अध्ययन गर्छु र समाजलाई कुनै किसिमको भूमिका आवश्यक ठानेको अवस्थामा त्यतातिर लाग्छु। जनतालाई निराश बनाउने कुनै काम गर्दिन,’ उनले भने।

उनले मेयर बालेन साहलाई आफ्नो प्रेरणाको स्रोत मान्दै उनीबाट सबैभन्दा ठूलो शत्रु लोभ भएकाले छाड्नुपर्ने कुरा सिकेको बताए। 

‘संसारमा सबैभन्दा ठूलो कुरा भनेको लोभ छाड्नुपर्छ। लोभ सबैभन्दा ठूलो शत्रु हुन्छ र त्यो कुरा मैंले मेयर सायबबाट सिकें । निरन्तर रुपमा काम गर्ने हो । त्यो कामको मुल्यांकन गर्ने जनता नै हुन्। मेरो प्ररणाको स्रोत हुनुहुन्छ उहाँ,’ उनले भने।

उनलाई काठमाडौं ४ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन्।

उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउँदै चुनाव लड्नेबारे भोषणा पनि त्यसपछि जानकारी गराउने प्रतिक्रिया दिए।

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्