Kathmandu Press

कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न– कसैले सडकबाट बहुमत पुर्‍याएँ भनेका भरमा हुन्छ, थिति होला नि त?

‘बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? थिति होला नि त? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पुर्‍याएँ भनेर भनेका भरमा हुन्छ।’
कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न– कसैले सडकबाट बहुमत पुर्‍याएँ भनेका भरमा हुन्छ, थिति होला नि त?

काठमाडौं, माघ २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन्। 

शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।

Hardik ivf

‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो,’ उनले भने, ‘बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ? थिति होला नि त? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पुर्‍याएँ भनेर भनेका भरमा हुन्छ।’

उनले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए। उनले नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको बताए। उनले आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्ने बताए ।

‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो। नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो। आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ। अनिर्वाचित र त्यत्तिकै आएर सरकार चल्दैन, जनताले चुनेको हुनुपर्छ। जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्छ,’ उनले भने, ‘निर्वाचित सरकार अपदस्थ गरेर, प्रतिनिधिसभा भंग गरेर न्यायलयहरु जलाउने कार्यहरु गरे। नेपाल देशमाथि, सार्वभौमसत्तामाथि, नेपालकको स्वाधिनतामाथी, नेपालको शान्तिपूर्ण स्थितिमाथि, नेपालमा लोकतान्त्रिक प्रणालीमाथि, नेपालको संविधानमाथि आक्रमण गरिएको छ। आगोले मात्रै जलाइएको छैन, तरतरिकाले पनि जलाइएको छ।’

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्