Kathmandu Press

प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए।
प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं

काठमाडौं, माघ २ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए।

 ‘मैले वार्ता भंग गरेको हुँ। सरकारसँग कुनै वैधानिकता छैन्, भएपनि वार्ता भंग गरें। त्यसपछि फेरि चिठी पठाउनु भएको थियो । माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो,’ उनले भने, ‘जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म वार्ताको लागि आएको मात्र हो।’

सरकारसँग कुनै वैधानिकता नभएको कारण वार्ता भंग गरेको पनि उनको भनाई छ।

प्रकाशित मिति: १६:२१ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्