Kathmandu Press

रविविरुद्ध अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट

रविविरुद्ध अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, माघ २ : रास्वपा सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। 

महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै बुधबार युवराज पौडेल (सफल)ले बुधबार उक्त रिट पेस गरेका हुन्। 

Hardik ivf

रिट निवेदन पेश भए पनि उनको निवेदन दर्ता हुने वा नहुनेबारे सर्वोच्चले निर्णय भने गरिसकेको छैन।

महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम नयाँ प्रमाण फेला परेको अवस्थामा बाहेक अभियोग संशोधन गर्न नमिल्ने कानुनी प्रावधान भए पनि लामिछानेलाई उन्मुक्ति दिने नियतले स्वेच्छाचारी निर्णय गरिएको जिकिर उनले गरेका छन्। 

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्