कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
काठमाडौँ, माघ २ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्धय सहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो । पार्टीमा उत्पन्न विवाद र नयाँ कार्यसमिति घोषणापछिको पार्टीको आधिकारिक धारणाका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको बुझिएको छ ।
प्रकाशित मिति: ०८:५४ बजे, शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


