आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको मेयर बालेनको दाबी
उनले लेखेका छन्– ‘२०७२ सालको भूकम्प पछि, म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ । काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका सबै ३५ भन्दा धेरै जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ ।’
काठमाडौँ, माघ २ : काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले लेखेका छन्– ‘२०७२ सालको भूकम्प पछि, म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ । काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका सबै ३५ भन्दा धेरै जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ ।’
उनी थप लेख्छन्– ‘नेपालका विभिन्न भूगोलमा एउटा पेसाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो, नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट काम गरेर मात्र बन्दैन। भौगोलिक भूबनोट सङ्गै , हाम्रो विविधता सहितको समाजलाई माथि उकास्न यसका अनेक पाटालाई सङ्गै माथि उठाएर काम गर्नुपर्छ । राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो ।’
नेपालको विकास भन्नु सडक, भवन र ठुलाठुला संरचना मात्रै नभएको उनले उल्लेख गरेका छन् । ‘विकास भनेको सुरक्षित संरचना, देशको आवस्यकता र आम जनताको आशालाइ जिवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो , उदार समाज संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र नभै हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो, यसको लागि आशाको सन्चारमात्र नभई कटिबद्ध रहेर इमानदारता पुर्वक देसलाइ अगि बढाउनुपर्ने छ हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो’ उनले भनेका छन् ।

![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)