Kathmandu Press

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

वि.सं. १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं, माघ २ : आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

वि.सं. १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।

Hardik ivf

यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो।

भूकम्पीय जोखिम उच्च रहेको नेपालमा सुरक्षित निर्माण र व्यवहारिक सतर्कता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

दिवसका अवसरमा आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन्।

प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, माघ २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्