Kathmandu Press

काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने 

दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा  स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर अन्ततः देशलाई पर्ने भएको भन्दै उनीहरूले समाजमा भिजेको, समाज बुझेको, स्थानीय अवस्था र जनताबारे परिचित भएको ब्यक्तिलाई सघाउने धारणा बनाउन थालेका छन्।
काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने 

काठमाडाैं, माघ १ : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले समेत कस्तो प्रतिनिधि चयन गर्ने भनेर छलफल चलाउन थालेका छन्। 

दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा  स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर अन्ततः देशलाई पर्ने भएको भन्दै उनीहरूले समाजमा भिजेको, समाज बुझेको, स्थानीय अवस्था र जनताबारे परिचित भएको ब्यक्तिलाई सघाउने धारणा बनाउन थालेका छन्।

काठमान्डौ क्षेत्र नं १ मा आयोजित माघे संक्रान्ती कार्यक्रममा स्थानीय वुद्वीजिविहरुले अब काठमाडौं १ मा राजनीतिक दल भन्दा माथि उठेर स्थानीय उम्मेदवारलाई नै प्राथमिकताका साथ सघाउने समझदारी गरेकाछन्। 

पूर्वसचिव देवेन्द्र सिटौला, समाजसेवी शोभित उप्रेती, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, पूर्वप्रहरी रमेश खरेल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठलगायतले राष्ट्र निर्माण गर्न दल भन्दा पनि माथि उठेर असल उम्मेदवारलाई जिताउनुपर्ने धारणा राखे। 

कार्यक्रममा राप्रपाका महामन्त्री भुवन पाठकले जनभावना बुझेर उम्मेदवार चयन गर्नुपर्नेमा आफ्नो पार्टी गम्भीर भएको बताएका थिए।

काठमाडौं १ का बुद्धिजीवी एवम स्थानीयवासीले बाहिरबाट आउने कुनैपनि उम्मेदवारलाई सघाउन नसकिने भन्दै दलहरुको ध्यानाकर्षण पनि गराएका छन्।
 

प्रकाशित मिति: २१:२० बजे, बिहीबार, माघ १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्