Kathmandu Press

सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिने

‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोषसभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभामा सार्वजनिक हुनेछन्,’ प्रवक्ता झाले भने।
सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिने

काठमाडौं, माघ १ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले माघ ५ गते जनकपुरमा पार्टीको अभियान उद्घोषसभा आयोजना गरिने जानकारी दिएका छन्। 

सभाको तयारी र कार्यक्रमबारे जानकारी दिँदै उनले जनकपुरको कार्यक्रममा विशेष राजनीतिक महत्व र पार्टीका सभापति रवि लामिछाने तथा भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै मञ्चमा उभिने बताए।

Hardik ivf

‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोषसभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभामा सार्वजनिक हुनेछन्,’ प्रवक्ता झाले भने।

उनले उक्त कार्यक्रम पार्टीका लागि मात्रै नभई समग्र नेपाली राजनीतिका लागि पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको बताए। 

यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन निकट सस्मित पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। बिहीबार आयोजित एक विशेष कार्यक्रममा पोखरेलले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, माघ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्