Kathmandu Press

समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की

‘वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो छ। समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ’ उनले भनिन्।
समावेशी विकास नै दिगो विकास हो भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौं, माघ १ : प्रधानमन्त्री सुशीला कार्कीले माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु देशको सभ्यता,संस्कृति र पहिचानमा अमूल्य सम्पदा रहेको बताएकी छिन्।

बिहीबार काठमाडौंको टुँडिखेलमा मगर संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बिविधता र बहुल्यताबीचको एकताले नै हाम्रो नेपाल राष्ट्रलाई समृद्ध शसक्त बनाएको बताइन्।

Hardik ivf

‘माघे सङ्क्रान्ति जस्ता मौलिक चाडपर्वहरु हाम्रो सभ्यता संस्कृति र पहिचानमा अमूल्य सम्पदा हुन्। बिविधता र बहुलताबीचको एकताले नै नेपाल राष्ट्रलाई समृद्ध वा शसक्त बनाएको छ । हाम्रो मौलिक संस्कृति र चाडपर्व र पहिचानमा हामी सबैले गर्भ गर्नुपर्छ। प्रवर्नद्ध र संवर्नद्धन गर्न आवश्यक छ,’ उनले भनिन्।

त्यस्तै उनले समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको बताइन्। वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा सबैबीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो रहेको उनको भनाई छ।

‘वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबीच अझ बढी एकता सहकार्य र आपसी विश्वासको खाँचो छ। समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ’ उनले भनिन्।

प्रकाशित मिति: १९:१६ बजे, बिहीबार, माघ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्