Kathmandu Press

डा.शेखर काेइलालले भने– राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर बनाइयो

‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न, हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन,’ उनले भनेका छन्।
डा.शेखर काेइलालले भने– राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर बनाइयो

काठमाडौं, माघ १ : कांग्रेस नेता डा. शेरखर कोइरालाले कोइरालाले पार्टी विभाजनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको आरोप पनि लगाएका छन्। बिहीबार एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन्।

‘यस बीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका बारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु,’ उनले अगाडि लेखेका छन्, ‘देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ।’

Hardik ivf

नेता कोइरालले पार्टी विभाजन रोक्न नसकेको बताउँदै पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसेको बताए।

‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न, हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन,’ उनले भनेका छन्।

उनले यसबीचका कैयन घटनाहरूको साक्षी भएको भन्दै देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट गुज्रिनुपरेको पनि बताएका छन्।

नेता कोइरालले अहिलेको अवस्थामा बीपी कोइरालालाई स्मरण पनि गरेका छन्। ‘बीपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो,’ उनले लेदखेका छन्।

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, माघ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्